|

काठमाडौं : उपत्यकामा सञ्चालित सवारी साधनहरुले कोभिड १९ रोकथामका लागि बनाइएको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ। 

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्नुपर्ने व्यवस्था छ। तर अधिकांश सार्वजनिक सवारी साधनले सेनिटाइजर प्रयोग नगरेको पाइएको हो।

यातायात व्यवस्था विभागले शुक्रबार अनुगमन गर्दा अधिकांश सवारी साधनमा सेनिटाइजर नै थिएन। भएकाहरुमा पनि सानो बट्टा रहेको पाइएको छ। यसबाट सवारी साधनहरुले स्वास्थ्य मापदण्ड पालना नगरेको पुष्टि भएको हो। अनुगमनमा रहेका विभागका सवारी अनुगमन शाखाका नायब सुब्बा केशवराज जमरकट्टेलले अधिकांश सवारी साधनले सेनिटाइजरको प्रयोग नगरेको पाइएको बताए। 

मास्क प्रयोग गरेको भए पनि सेनिटाइजरको प्रयोग नगर्ने र बसमा दूरी कायम नगरी यात्रुलाई राख्ने गरेको पाइएको बताए। उनले अनुगमनका क्रममा सेनिटाइजर नै नराख्ने तीन वटा सवारी साधनलाई कारबाही गरिएको बताए। 

सार्वजनिक यातायातका साधनहरुले सुरक्षा मापदण्ड पालना नगरिदिँदा समुदाय स्तरसम्म कोरोना भाइरस संक्रमण फैलिने त्रास बढेको छ। विभागले गरेको चेकजाँच क्रममा यातायातका चालक र सहचालकले सानो सेनिटाइजरको बट्टा देखाएर उम्किने प्रयास गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.