|

सर्लाही/काठमाडाैं : जिल्लाको लालबन्दी नगरपालिकामा आज थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

साउन २१ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडा पठाइएको ४१ स्वाबमध्ये वडा नम्बर ८ अध्यक्ष, प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका एक जना स्वास्थ्यकर्मी र बजारका व्यापारीमा कोरोना देखिएको लालबन्दी नगर स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले जानकारी दिए। 

संक्रमित तीनै जनालाई आजै नगरपालिका १ मा रहेकाे नवलपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडको भवनमा बनाइएको आइसोलेसनमा पठाइएको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.