|

सल्यान : जिल्लामा पछिल्लो समयमा महिलाहरूले आत्मनिर्भर बन्नका लागि विभिन्न पेसा व्यवसाय अँगाल्न थालेका छन्।

कतिपय महिलाहरू जागिरसँगै घरपरिवार चलाइरहेका छन् भने कतिपय महिला पेसा व्यवसाय अँगालेका छन्। तर सल्यान महिलाहरू घरपरिवार र अन्य पेसा अंगालेर पनि बचेको समयलाई सदुपयोग गर्दै उदाहरणीय कार्य गर्दै आइरहेका छन्।

शारदा नगरपालिका–२ निवासी चार जना दिदीबहिनीले बचेको समय भुवनेश्वरी अचार उद्योग सञ्चालन गरी अन्य महिलाका लागि पनि उदाहरणीय बन्न सफल भएका हुन्। आफ्नो दैनिकीबाट बचेको समय सदुपयोग गर्दै यहाँका महिलाले समूह बनाएर अचार उद्योग सञ्चालनमा ल्याएका छन्

घरव्यवहारबाट बचेको समयलाई सदुपयोग गरी अचार उद्योगमा गएर अचार गरी गरेको सुनहरी श्रेष्ठले बताइन्। उनले भनिन्, ‘समयको एकदमै महत्व बुझ्नुपर्छ खाली बस्नुभन्दा केही न केही काममा व्यस्त भएमा दिन पनि बितेको पत्तो न हुने र केही आय आर्जन पनि गर्न सकिँदो रहेछ।’

‘सधैँ अरूको भर पर्नुभन्दा पहिला आफूले आयआर्जन गर्नका लागि पनि केही न केही सानोतिनो उपाय खोज्न सकिन्छ’, उनले भनिन् ‘हामी जति व्यस्त हुन सक्यौँ त्यति हामीलाई नै फाइदा हुन्छ।’ अहिले आफूले गरेको काम देखेर सबैले प्रशंसा गर्ने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले ससानो कामबाट सुरुआत गर्दा एकदिन ठूलो ठाउँमा पनि पुग्न सकिन्छ।

चार जना दिदीबहिनी मिलेर सुरु गरेको अचार उद्योगबाट आम्दानी गर्न सफल भएकोमा उनले खुसी व्यक्त गरिन्। ०७५ जेठ २४ बाट सञ्चालनमा आएको यस उद्योगबाट अहिले विभिन्न खालका अचारका परिकार उत्पादन गरिरहेको उनले जानकारी दिइन्।

‘अचार बनाउन कहीँकतैबाट तालिमसम्म नलिएका हामीले सुरुमा आँपको अचार बनायौँ,’ उनले भनिन ‘पछि टमाटर, अदुवा, लसुन, टिमुर लगायतका अचार उत्पादन गर्यौं र बिक्री पनि राम्रै भयो अहिले त माग अनुसारको आपूर्ति गर्न नै सकिरहेका छैनौँ।’ अहिले सबैभन्दा बढी टिमुरको अचारको माग बढी आइरहेको उनले बताइन्।

‘सल्यानलगायत दाङ र काठमाडौंसम्म टिमुरको अचारको माग आउने गरेको छ’, उनले भनिन् ‘यहाँ विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीले घरजाँदा टिमुरको अचार लिने गरेकोले माग बढेको हो र प्रचार पनि भयो।’

सुरुमा प्रत्येकले पाँच हजार रकम उठाएर २५ हजार बराबरको मसलालगायत आवश्यक केही सामान खरिद गरेको जनाउँदै उनले लकडाउनले बजारीकरण गर्न केही समस्या भएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.