|

बागलुङ : धौलागिरि अस्पताल भवन निर्माणका लागि महोत्तरीबाट बागलुङ आएका १३ जना मजदुरमा कोरोना देखिएको छ। उनीहरू नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ।

गण्डकी प्रादेशिक प्रयोगशाला, पोखरामा ६ दिनअघि परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण देखिएको थिएन। तर, ६ दिनपछि गरिएको परीक्षणमा उनीहरू संक्रमित रहेको पाइएको हो।

महोत्तरीबाट आएका ती पुरुष मजदुरहरूको उमेर ३०, २१, ३०, २२, २२, ३, ३१, २०, ३५, ३४, २९, २२ र ४१ वर्ष रहेको छ। संक्रमित १३ जनालाई आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

कामका लागि आएका १७ जना मजदुरहरू मध्ये गत असार १८ गते एकजनामा संक्रमण देखिएपछि सबैको पुनः परीक्षण गरिएको थियो। त्यस दिन १६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो। परीक्षणका लागि पठाइएका बाँकी ३ जनाको भने दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएको धौलागिरि अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलले जानकारी दिए।

धौलागिरी अस्पतालको ‘स’ ब्लक भवन निर्माण गर्न गत साउन १३ गते बागलुङ आएका उनीहरूलाई निर्माणाधिन सोही भवनमा राखेर कोरोना परीक्षण गरिएको थियो। २५ वर्षीय एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा थिए। 

लकडाउन खुलेपछि अस्पतालको ‘सि’ ब्लक भवन निर्माणका लागि उनीहरू सिराहाबाट बागलुङ आएका थिए। सुरूमा संक्रमित पुष्टि भएका व्यक्तिको स्वाब संकलनदेखि परीक्षण रिपोर्ट आउन पाँच दिन लागेको र सो अवधिसम्म उनीसँगै रहेका सबैलाई क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमै उनीहरूको स्वाब संकलन गरिएको थियो।

शनिबार गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएकाहरूलाई पनि अलग्गै राखेर पुन: स्वाब संकलन गर्न लागिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.