|

अर्घाखाँची : शनिबार बिहान दाङको राप्ती राजमार्गस्थित पुलबाट खोलामा ट्रक खस्दा चार जना गम्भीर घाइते भएका छन्।

दुर्घटनामा ट्रक चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३१ वर्षीय गणेश विक, सोही ठाउँका ३२ वर्षीय ईश्वर चन्द, ४० वर्षीय नातिराम चौधरी र ट्रकका सहचालक सल्यान जिल्ला बागचौर नगरपालिकाका २१ वर्षीय रोशन सुनार घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये चन्द र सुनारको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए।

चालक विक र चौधरी पनि घाइते भएका छन्‌। घाइतेहरूलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा पठाइएको छ।

सल्यानका लागि तुलसीपुरदेखि  खाद्यान्न बोकेर जाँदै गरेको लु १ ख ४३६६ नम्बरको ट्रक तुलसीपुर- ४, साततलेस्थित खोलाको पुलबाट खसेको दाङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.