|

बाँके : प्रदेश ५ का सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्यावमा भएको स्वाब परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो। 

उनले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पारेकी छन्।

'विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिनँ। पिसिआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले मसँग एक हप्तायता नजिकमा रहनुभएका सबैले सेल्फ आइसुलेट तथा पिसिआर जाँच गराउन आग्रह गर्दछु,’ उनले भनेकी छन्।

उपसचिवलाई पनि कोरोना पुष्टि

नेपालगन्जमा एक सरकारी कार्यालयका उपसचिवलाई पनि कोरोना पुष्टि भएको छ। नेपालगन्जमा कोरोना संक्रमण हुने उनी उच्च तहका पहिलो कर्मचारी हुन्। जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवलाई कोरोना पुष्टि भएको भेरी अस्पतालको कोरोना रिपोर्टमा उल्लेख छ। 

शनिबार कोरोना पुष्टि भएका नेपालगन्जका १६ जनामा ११ जना क्वारेन्टाइनका हुन्। भने, पाँच जना शंका लागेर जँचाएका ब्यक्ति हुन्। चार जना कोहलपुरका छन ्। 
  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.