|

अर्घाखाँची : प्युठानको माडीखोलामा साइकलसहित दुई बालक खसेर बेपत्ता भएका छन्। जिल्लाको स्वर्गद्वारी नगरपालिका-७ सोत्रे निवासी सञ्जय पार्धेका छोरा अन्दाजी १० वर्षीय सञ्जोक पार्धे र गोपाल गौतमका छोरा अन्दाजी १० वर्षीय विपीन गौतम बेपत्ता भएका हुन्।

घर नजिकैको सडकमा साइकल चलाउँदै गर्दा सोत्रेढिकबाट करिब ९० मिटर तल माडीखोलामा खसेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन्‌।

शनिबार रातिसम्म प्रहरी र स्थानीयवासीहरूले उनीहरूको खोजीकार्य गरेपनि रात परेका कारण खोजीमा स्थगित भएको छ। विभिन्न प्रहरी पोष्टमा सूचना जारी गरी आइतबार बिहानैदेखि  खोजीकार्य सुरू गर्ने तयारी भएको जिल्ला सूचना अधिकारी प्रहरी निरिक्षक बिष्णु पौडेलले जानकारी दिए।

अहिले माडीखोलामा निकै ठूलो धमिलो बाढी आएकाले खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ। एउटै सइकल चलाउँदै गर्दा उनीहरूको ध्यान अन्यत्र गएका कारण सडकको छेउबाट खोलामा खसेको हुन सक्ने प्रहरी र स्थानीयवासीहरुले अनुमान गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.