काठमाडौं : गायक मोहन खतिवडाको नयाँ गीत ‘सानी सानी’ सार्वजनिक भएको छ।
आशुसेन लामाको संगीत र सौरभ तिम्सिनाको शब्द रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ। शुक्रबार सार्वजनिक गीतको भिडियोमा कविता नेपाली र टिम कार्टुन समूहको अभिनय रहेको छ ।
पछिल्लो समय अभिनय र नृत्यमा चर्चित रहेको डान्स ग्रुप टिम कार्टुनको अफिसियल यु ट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।