|

जनकपुरधाम : कोरोनाको लक्षण देखिएका एक पुरुषको जनकपुरमा मृत्यु भएको छ। मिथिला–विहारी नगरपालिका–५ का ४५ वर्षीय बिन्देश्वर मण्डलको शनिवार राति मृत्यु भएको हो।

मृतक मण्डल जनकपुरधामको कदम चोकस्थित बिनय तारा फाउन्डेसन अस्पताल क्यान्सर सेन्टरको गार्डका रुपमा कार्यरत थिए। ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लग्ने क्रममा उनको मृत्य भएको हो।

मृतक मण्डलमा कोरोना गरिएको छैन। कोरोनाको आशंका गरिएकाले उनको पिसिआर परीक्षण गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.