|

काठमाडौं : काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण तीव्र रुपमा बढ्दै गएपछि तीनवटै जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेक सेवा बन्द गर्ने भएका छन्। 

जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु आजदेखि भदौ ८ गतेसम्मका लागि बन्द गर्न लागिएको हो। नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता तथा नवीकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नवीकरण सम्बन्धी कार्य तथा निजी सुरक्षा कम्पनी नवीकरणका कामहरु बन्द हुनेछन्। 

यस्तै राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण तथा अन्य अत्यावश्यक नभएका कामहरु बन्द हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ। यीबाहेक अत्यावश्यक सेवाका कामहरु भने सूचारु हुनेछन्। शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरीसम्बन्धी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य एवम् विपद् व्यवस्थापनसम्बन्धी कार्य भने सुचारु हुनेछन्। 

यी सेवाहरु लिन र दिन पूर्णरुपमा स्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने जनाइएको छ। उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.