प्रदेशभर ४० हजारको परीक्षण

|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका ८०२ जना मात्र सक्रिय संक्रमित छन्। प्रदेशको स्वास्थ्य निर्देशनालयले नौ वटै जिल्लामा शनिबारसम्म ८०२ ‘एक्टिभ केस’ रहेको जनाएको छ। सबैभन्दा बढी कैलालीमा २३१ जना संक्रमित रहेका छन्।

कैलालीपछि सबैभन्दा बढी बझाङमा १७४, डोटीमा १६२ सक्रिय संक्रमित छन्। यस्तै अछाममा १०८, कञ्चनपुरमा ६९, दार्चुलामा २५, बैतडीमा १६, बाजुरामा १५ र डडेल्धुरामा २ जना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेशमा ४० हजारको पिसिआर परीक्षण

सुदूरपश्चिम प्रदेशमा झन्डै ४० हजारको पिसिआर परीक्षण गरिएको छ। प्रदेशका ९ वटै जिल्लामा ३९ हजार आठ सय ६९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

निर्देशनालयका अनुसार अहिलेसम्म परीक्षणका लागि ४१ हजार ८७ जनाको स्वाब संकलन गरिएकोमा १ हजार २१८ जनाको रिर्पोट आउन बाँकी छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिलेसम्म ४ हजार ९२० जनामा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढी कैलालीमा एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ। 

यस्तै डोटीमा सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार नौ सय ३८ जना डिस्चार्ज भएर घर फर्किएका छन्। संक्रमणबाट यहाँका ९ जनाले ज्यान गुमाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.