|

बाँके : बाँकेमा आइतवार ३० प्रहरीसहित ४८ जना कोरोना सङ्क्रमित थपिएका छन्। वडा प्रहरी कार्यालय, नेपालगन्जमा कार्यरत २९ र एकजना बागेश्वरी मन्दिर  परिसर सुरक्षार्थ खटिएका प्रहरीमा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार वडा प्रहरी कार्यालयमा कार्यरत ४७ जना प्रहरीको स्वाब संकलन गरिएको थियो। आइतवार दाङका तीनजनामा पनि कोरोना पुष्टि भएको छ। कोरोना संक्रमितको संख्या दैनिक बढिरहेको छ। 

संक्रमण रोक्न स्थानीय प्रशासनले आइवार बिहानदेखि लागू हुने गरि निषेधाज्ञासँगै केहि क्षेत्र सिल गरेको छ। नेपालगन्जको सुर्खेत रोडको पुलाल चोकदेखि गणेशमान चोकको पूर्वलाई सिल गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.