|

कैलाली : आइतबारदेखि आएको अविरल वर्षाका कारण बझाङ सदरमुकाम चैनपुर जोड्ने राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गअन्तर्गत छब्बीस पाथिभेरा–१ को मटेला नजिक सेती नदीले सडक बगाएको हो। 

सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ। जसका कारण यातायात अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा जिल्लाबाट बाहिरिने र भित्रने कुनै पनि सवारी चल्न सकेका छैनन्। जसका कारण बिरामी अलपत्र परेका छन्। यसअघि पनि पहिरोकै कारण उक्त राजमार्ग बेलाबेलामा अवरुद्ध हुँदै आएको छ। 

यस्तै बाजुरा सदरमुकाम मार्तडी जोड्ने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । साँफे–मार्तडी सडक पर्ने जडांगाको बेलिब्रिज पुल बुढीगंगा नदीले बगाएको छ । 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.