समाज : सुरक्षा/अपराध

धरौटी बुझाउन नसक्दा विप्लव समूहका नेता जेल चलान

साउन २६, २०७७

    कैलाली : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एवं सेती–महाकाली ब्युरो इन्चार्ज ओम पुन पुनःकारागार चलान भएका छन्। सोमबार जिल्ला अदालत कैलालीका न्यायाधीश जयानन्द पनेरूको एकल इजलासको उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

    तर उनले धरौटी बुझाउन नसकेपछि कारागार पठाइएको जिल्ला अदालत कैलालीका सूचना अधिकारी नरबहादुर नेगीले जानकारी दिए। पुनकी श्रीमती पूर्णिमा धामी भने साधारण तारिखमा रिहा भएकी छिन् । धामी अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती–महाकाली ब्युरो इन्चार्ज हुन्। 

    धनगढीमा आफन्त भेट्न गएका दुवैलाई कटुवा पेस्तोल र गोलीसहित प्रहरीले असार ३१ गते लखटेर पक्राउ गरेको थियो।  
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]