|

काठमाडौं :  सरकारले लामो दूरीका सार्वजनिक यातायात र हवाई उडान स्थगितको निर्णयलाई भदौ १५ सम्मका लागि लम्ब्याएको छ। चैत ११ देखि देशमा लकडाउन भएपछि यी दुवै सेवा रोकिएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि खोल्न लागिएका यी दुवै सेवा स्थगनलाई अझै १५ दिन सारेको हो। बैठकले भारतसहितका देशसँग जोडिएका सीमानाकामा अझै कडाइ गर्ने निर्णय पनि लिएको छ। 

सरकारले साउन ७ गतेदेखि लकडाउन खुकुलो भएसँगै देशभर मानिसहरुको चहलपहल बढेकाले कोरोना फैलिएकाले क्‍वारेन्टाइन नियमलाई प्रभावकारी बनाउने भएको छ। उद्योग कारखाना खुलेपछि मजदुरको आवतजावत बढेको अवस्थामा उनीहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍ने गरी प्रभावकारी कदम चाल्ने पनि निर्णय मन्त्रिपरिषद्ले गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.