|

चितवन : मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन्। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई-९ घर भएकी ३० वर्षीया सीता लोप्चनले सोमबार पाँच किलोग्रामकी छोरी जन्माएकी अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो। 

लोप्चनले आज बिहान ९ बजे छोरी जन्माएकी हुन्। आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए।
 
भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताए। 

चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ। लोप्चनको डा. बन्दना खनाल, डा. प्रेक्षा सिंह, डा. वसन्त शर्मा, डा. इन्द्रनारायण श्रेष्ठ, डा. मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो। अहिले आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.