|

काठमाडौं :  घर भत्किएर डोटीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ। 

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानी, खलगडामस्थित लोगे लुहारको घर भत्किँदा चार जनाको मृत्यु भएको हो।  घटनामा चार जना घाइते भएका छन्।

राति करिब साढे एक बजे भत्किएको गाउँपाकिाका स्वास्थ्य संयोजक बमबहादुर खड्काले बताए। । मृत्यु हुनेमा लुहारकी श्रीमती २६ वर्षीया विष्णा लोहार, छोरा १० वर्षीय पारस विक, ५ वर्षीया छोरी सिरु विक र ९ महिनाकी छोरी कटी विक रहेको खड्काको भनाइ छ।

दुई दिनदेखि लगातार पानी समेत परिरहेको थियो। घर भत्किँदा लोगे लुहार, उनकी आमा पाना विक, सासू झाकरी विक, साला इन्द्र विक र छोरी अस्मिता विक रहेका छन्। 

घाइतेहरुको प्रहरी तथा स्थानीयले उद्धार गरी प्राथमिक उपचार पश्चात थप उपचारका लागि दिपायल स्थित शैलेश्वरी अस्पतालमा पठाइएका छन्। प्रहरीका अनुसार चार जना गम्भीर घाइते छन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.