|

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएका छन्। ८ सय ८७ संक्रमितको मृत्यु भएको छ। जम्मा २२ लाख ६७ हजार संक्रमितमध्ये हालसम्म ४५ हजार ३ सय ५३ जनाले ज्यान गुमाएका छन्। 

अमेरिकामा ४८ हजार, ब्राजिलमा २१ हजार ८ सय, कोलम्बियामा १० हजार, रसियामा ५ हजार १ सय, मोक्सिकोमा ४ हजार ३ सय, दक्षिण अफ्रिकामा ३ हजार ७ सय जना संक्रमति थपिएका छन्। अमेरिकामा ५ सय ३७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १ लाख ६६ हजार १ सय ६० पुगेको छ। 

ब्राजिलमा ७ सय २१ मृतक थपिएपछि मृत्यु हुनेको संख्या १ लाख १ हजार ८ सय ५७ पुगेको छ । कोलम्बियामा ३ सय १२, मेक्सिकोमा २ सय ९२, दक्षिण अफ्रिकामा २ सय १३ र रसियामा ७० जनाको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ७ हजार नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २ करोड २ लाख ३६ हजार नाघेको छ। जसमध्ये झण्डै १ करोड ३१ लाख संक्रमति उपचारपछि संक्रमणमुक्त भएका छन् भने ७ लाख ३७ हजार ८ सय ६३ जनाको मृत्यु भएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.