|

काठमाडौं :  जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीबारे अशिष्ट र पूर्वाग्रही टिप्पणी गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खेद प्रकट गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै  त्यसलाई कुण्ठाग्रस्त गालीगलौजमा र दिवालियापन भन्दै निन्दा गरेका हुन्। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि यही साउन २५ गते जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको जनाएकाे थियो। 

त्यसको दुई दिनपछि आज बिहान प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रेस नोट जारी गर्दै जनता समाजवादी पार्टीको विज्ञप्तिमा प्रधानमन्त्रीप्रति प्रयोग गरिएको भाषा निन्दनीय भएको उल्लेख गरेका छन्। उनले शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ भएको उल्लेख गरेका छन्।

‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तीमा भनिएको छ, 'प्रधानमन्त्रीप्रति लक्षित विज्ञप्तिमा रहेको ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको’ र प्रधानमन्त्री शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको भन्ने टिप्पणी अशिष्ट र पूर्वाग्रही टिप्पणी अत्यन्त दुराशयपूर्ण र  खेदजनक छ।’

पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत जिम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलौजमा मात्र हो र सोचको दिवालियापन नै हो विज्ञप्तीमा भनिएको छ, राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ। त्यसै आधारमा यस स्तरको अप संस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ? सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयस्कर होला।
 
'सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरुपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा आँखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन्' भनिएको छ, 'जहाँसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचना, विरोध र गालीगलौजमा गरिएको सन्दर्भ हो, यो कुनै नौलो कुरा होइन। आफ्नो निहीत स्वार्थ पूरा गर्न उहाँलाई बाधक देख्नेहरूले विगत छ दशकयता यसो गर्दै आएको तथ्य स्पष्ट नै छ । त्यस्ता तत्वहरू इतिहासको गर्तमा सीमित भइसकेका छन्।'

'अरूबाट निर्देशित कदम, गलत नीति, विचार र व्यवहारले कोही कसैलाई सफलता हासिल हुँदैन भन्ने जगजाहेर छ।  शीशाको घरमा बसेर ढुंगा हान्नेहरू आफै असुरक्षित र पतन हुनु अनिवार्य छ, भनिएको छ, जागृति, चेतना, संस्कार र सदाचारका मानकहरू सम्बन्धित व्यक्ति अनुरूप नै व्यवहारमा अभ्यास गरिने र भिन्नाभिन्नै हुने यथार्थ हरेक समाजका सचेत व्यक्तिलाई अवगत नै रहिआएको छ।' 

'राजनीतिक दलहरूले आफ्ना धारणा र विमति प्रष्ट्याउने गरी सरकारको आलोचना र विरोध गर्न सक्छन्। तर राष्ट्रपति, प्रधानमन्त्री र जिम्मेवार पदाधिकारीविरूद्ध प्रयोग गरिने अपमानजनक, तथ्यहीन, भ्रामक  र गैरजिम्मेवार भाषाप्रति गम्भीर आपत्ति प्रकट गर्नैपर्छ भनिएका छ,'जो सभ्य समाजको मूल्य र मानक विपरित रहेका छन्। तसर्थः जसपाको औपचारिक विज्ञप्तिमा प्रम प्रति प्रयोग गरिएको भाषा निन्दनीय रहेको तर्फ सम्बन्धित सबैलाई स्पष्ट गर्दछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.