|

काठमाडौंं :  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्थितरताको नाममा अस्थिरता निम्त्याउन खोज्नेहरुलाई जनताले मुल्यांकन गर्ने बताएका छन्। 

परोपकारी प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औँ बार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री ढकालले  अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतलाई लक्षित गर्दै भनेका छन्, ‘आज कृष्ण अष्टमीका दिन मति बिग्रेकाहरुका लागि मति सुध्रियोस् भन्ने कामना गर्दछु, चाहे ती मेरा घरभित्र बसेका मित्रहरु हुन् चाहे ती मेरा छिमेकमा रहेका मित्रहरु हुन्।’ 

मन्त्री ढकालले सरकारको आलोचना गरेर लडाइको अभियानमा लागेका योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा योगदान पुर्याउन नसक्ने बताएका छन्। उनले भने ‘बाँचियो भने सत्ता लडाइ प्राप्त गर्ने खेल फेरि पनि खेल्न सकिन्छ। किनभने सत्ताका लागि लड्ने यो नै अन्तिम युद्ध होइन, पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन्।

'पाँच वर्षपछि त्यो खेलमा लाग्दा केही बिग्रिदैन।’ उनले आक्रोश पोखे।  ‘स्थिरताको नारा दिएर अस्थिरतातिर लाग्ने मित्रहरूलाई म भन्न चाहन्छु बेला अनुसार व्यवहार गरिएन भने हामी सकिनु बाहेक केही छैन्। जनताले निगरानी गरिरहेका छन्।’ 

सत्तारुढ नेकपामा शक्ति संघर्ष चलिरहेका बेला मन्त्री ढकालको यस्तो अभिव्यक्ति निकै अर्थपूर्ण रहेको छ। ओली सरकारले जनताको अपेक्षा अनुसारको कार्य नगरेको भन्दै आफ्नै पार्टीबाट राजीनामाको माग हुँदै आएको छ। प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राजीनामा माग गर्दै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.