संक्रमित संख्या एक हजार ५८ पु्ग्यो

|

काठमाडौं : काठमाडौंमा फेला परेका कोरोना संक्रमितमध्ये अधिका‌ंश पुरुष रहेको पाइएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौं जिल्लामा एक हजार ५८ जना संक्रमित भेटिएकामा पुरुषको संख्या ७६६ जना रहेको छ। २९२ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। 

ललितपुरमा भेटिएका १५९ संक्रमितमध्ये १०७ जना पुरुष र ५२ महिला जना छन्‌। ललितपुरमा आज मात्र १६ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, भक्तपुरमा ५८ पुरुष र ३९ महिला गरी कोरोना संक्रमितको संख्या ९७ पुगेको छ। जिल्लामा आज थप आठ जनामा कोरोना पुष्टि भएको छ।

मंगलबार उपत्यकाभर ११० जना संक्रमित भेटिएका छन्‌। महाशाखाको तथ्यांक अनुसार उपत्यकामा मंगलबारसम्म कोरोना संक्रमितको संख्या एक हजार ३१४ पुगेको छ।

आज थपिएका संक्रमितको संख्यासँगै काठमाडौंमा संक्रमितको संख्या एक हजार नाघेको छ। महाशाखाका अनुसार काठमाडौंमा १ हजार ५८ जनामा कोरोना पुष्टि भएको हो।

ललितपुरमा १५९ जनामा संक्रमण देखिँदा भक्तपुरमा संक्रमितको संख्या ९७ जना पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.