|

काठमाडौं : चितवनका १६ जनासहित २१ जनामा संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्। 

चितवन बाहिरका संक्रमित तनहुँ बाहेकका सबै चितवनकै विभिन्न अस्पतालमा उपचाररत रहेको अधिकारीको भनाइ छ। चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटलबाट गरिएको स्वाब परीक्षणमा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको छ।

उनीहरु भरतपुर वडा नं. १, ३, ४, ८, १० र ११ नम्बर वडाका ६ वर्षीय बालकदेखि ५० वर्ष उमेर समूहका छन्। यस्तै राप्ती नगरपालिका–६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। क्वारेन्टिनमा रहेका २२ देखि ३० वर्ष उमेरका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै भरतपुर अस्पतालमा उपचाररत सिमरा–९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.