|

काठमाडौं  : रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ। 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका २ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति चार बजे मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए। उनले अस्पतालबाट डिटेल आइनसकेको बताए। 

छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई ४ दिनअघि अस्पताल लगिएको कपिलवस्तु नगरपालिका २ का वडाअध्यक्ष रामभजन कलवारले बताए। उनमा हिजोमात्रै कोरोना पुष्टि भएको वडाअध्यक्ष कलवारको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.