|

बर्दिया : बर्दियामा निषेधाज्ञाको अवज्ञा गर्ने ४० मोटरसाइकललाई प्रहरीले कारबाही गरेको छ। निषेधाज्ञाका बेला अटेर गरेर राजमार्गमा मोटरसाइकल चलाउने उनीमाथि प्रहरीले कारवाही गरेको हो।

राजमार्ग तथा बजार क्षेत्रमा निषेधाज्ञाको अवज्ञा गरी मोटरसाइकल चलाउनेहरूलाई इलाका प्रहरी कार्यालय भुरीगाउँले कारबाही गरेको जनाएको छ। मंगलबार भुरिगाउँ बजारस्थित पूर्व–पश्चिम राजमार्गमा गरिएको चेक जाँचमा निषेधाज्ञा उल्लंघन गर्ने ४० जना मोटरसाइकल चालकमाथि कारबाही गरेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी सहायक निरीक्षक कृष्ण केसीले जानकारी दिए।

निषेधाज्ञा पालना नगर्ने मोटरसाइकल चालक र मास्कको प्रयोग नगेरर बजारमा हिँड्नेहरूलाई दुई घण्टा सडकमा रोकेर निषेधाज्ञा पालना गर्ने सर्तमा छाडिएको उनले बताए। निषेधाज्ञा जारी भएको अवस्थामा पनि अटेर गरेर विनाकाम घर बाहिर बजार निस्कने, मोटरसाइकल चलाउने, मास्क नलगाउने, निषेधाज्ञा पालना नगर्ने परिपाटी बढ्न थालेपछि बाध्य भएर कारवाही गर्नु परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेको भनाइ छ। बजारमा मानिसहरुको भीड बढ्न थालेपछि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ।

समुदाय स्तरमा कोरोना फैलिएको हुँदा यसको जोखिम नियन्त्रणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा पालना गर्दै घरमै सुरक्षित बस्न प्रहरीले आग्रह गरेको छ। बर्दियामा साउन २५ देखि २९ सम्म निषेधाज्ञा जारी गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.