|

काठमाडौँ : कान्तिपुरका पत्रकार बलराम बानियाँ मृत फेला परेका छन्। उनको शव मकवानपुरको बागमती गाउँपालिकास्थित बागमती नदीमा भेटिएको हो।

उनको शव भेटिएको पुष्टि जिल्ला प्रहरी कार्यालय मकवानपुरले गरेको छ। उनी यही साउन २६ गते काठमाडौं बल्खुदेखि बेपत्ता भएका थिए। उनको मोबाइलको अन्तिम लोकेशन बल्खु आसपास देखाएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बानियाँको शव ​भीमफेदी-८ माण्डुस्थित माण्डो हाइड्रो पावरको फिल्टरमा फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनले जुत्ता किनारमा छाडेर सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका थिए। दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकसँग सम्वद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउँथे। उनको जन्मथलो तनहुँ हो। 

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बुधबार बिहान हेटौंडाको खोलामा उनको शव भेटेपछि अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा पुर्‍याइएको छ ।

२०२७ सालमा जन्मेका बानियाँ तनहुँका स्थायी बासिन्दा हुन् । कान्तिपुरको प्रारम्भिक कालमा प्रुफरिडरबाट सेवा प्रवेश गरेका बानियाँले संवाददाता र समाचार सम्पादकको तहमा लामो समय काम गरे । उनका श्रीमती एक छोरी र एक छोरा छन् ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.