|

पर्सा : ८ वर्ष ६ महिना ११ दिनदेखि फरार एक कसुरदारलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा पक्राउ परेका व्यक्ति जिल्लाको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ बस्ने ३८ वर्षीय बन्हु सहनी रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। ​

सहनी २०६८ साल असोज १६ गतेबाट फरार थिए । पर्सा जिल्ला अदालतको लगत नम्बर ६८–००७६ मा सहनी दोषी ठहर भई कसुरदार देखिएका छन् । पर्सा जिल्ला अदालतले सहनी उपरको अपहरण तथा शरीर बन्धक मुद्दामा ९ बर्ष कैद र ५० हजार जरिवाना तोकेको छ। 

सोही समयबाट फरार कसुरदार लागु औषधको नयाँ मुद्दामा पनि संलग्न भएको भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए ।
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.