|
फाइल फाेटाे

काठमाडौं :  नेपाली कांग्रेसले धनुषाका नेता तथा जनकपुरका प्रसिद्ध समाजसेवी एवम्‌ पूर्वमेयर कृष्ण गिरीको निधनप्रति दु:ख व्यक्त गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले आज बिहीबार विज्ञप्ती जारी गर्दै गिरीको निधनप्रति पार्टीको तर्फबाट दु:ख व्यक्त गरेका हुन्। 

गिरीको साउन २७ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ७३ वर्षको उमेरमा निधन भएको थियो। गिरी जनकपुर नगरपालिकाका पूर्व मेयरसमेत हुन्।

‘स्वर्गीय गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ। उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।’

कांग्रेसले गिरीको परिवारजनमा समवेदना पनि प्रकट गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.