|

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेट्न बालुवाटार पुगेका छन्।

केहि समयअघि दाहाल बालुवाटार पुगेको अध्यक्ष दाहालको प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए।  अध्यक्षद्वयबीच पार्टीभित्रको समस्याको बिषयमा छलफल भइरहेको उनले बताए। पार्टीभित्रको विवादित बिषयमा छलफल गर्न पुगेका हुन्। विवादको कारणले गत मंगलबारदेखि ओली दाहालबीच भेटवार्ता हुन सकेको छैन।

बुधबार एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा ओलीले ५ दिनभित्रमा पार्टीभित्रको विवाद समाधान हुने बताएका थिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.