|

काठमाडौं : तीज नजिकिएसँगै तीज लक्षित धेरै गीत सार्वजनिक भइरहेका छन्। यसै साता नयाँ तीज गीत 'दर खाएको सुरमा' बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा सरस्वती लामाले स्वर दिएकी छिन् । ओम सुनारले संगीत भरेको गीत दिग्गज धौरालीले लेखेका हुन् ।

विचल किराँतीको निर्देशनमा तयार भएको भिडियोमा धेरै कलाकारहरूलाई फिचर गरिएको छ। भिडियोमा चन्दा दाहाल, महादेव त्रिपाठी, पवन खतिवडा, कविता महत, श्रेया थापा, शिवहरि श्रेष्ठ, सुमन खत्री, डोल्मा वाइबा, जुना आले र भीमबहादुर तामाङको अभिनय छ।

आकाश उखेडा सहायक निर्देशक रहेको भिडियोलाई दिपेन बस्नेतले छायांकन तथा सम्पादन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.