|

बाँके : स्वास्थ्यकर्मीसहित बाँकेका २२ जनामा कोरोना पुष्टि भएको छ। भेरी अस्पतालको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा नेपालगन्जका १५ र कोहलपुरका सात जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पतालका अनुसार, बिहीबार बर्दियाका दुई जनामा पनि कोरोना फेला परेको छ। नेपालगन्जमा कोरोना पुष्टि भएकामा अधिकांश महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाइनमा लिइएको स्वाबको नजिता भएको अस्पतालले जनाएको छ । 

कोरोना पुष्टि हुनेमा १३ महिला र सात जना पुरुष छन् । नेपालगन्जका एक जना स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। बिहीबार कोरोना देखिएकाहरु प्रायः पोजिटिभको सम्पर्कमा आएकाहरुको क्लोज कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब परीक्षणको नतिजा भएको रहेको अस्पतालले जनाएको छ ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.