|

पर्वत : कास्की प्रहरीले जुवा खेलिरहेको अवस्थामा ९ महिलासहित १७ जना जुवा खेलिरहेकालाई पक्राउ गरेको छ। उनीहरुको साथबाट १ लाख रुपैयाँभन्दा बढी पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए। 

हमालका अनुसार बुधबार पोखरा महानगरपालिका–१० मिलन टोलमा बस्दै आएकी ज्ञानु हमालको डेरामा अवैध रूपमा जुवा खेल्ने गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय राम बजारबाट गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरूमा ज्ञानु हमाल, भूबहादुर गुरुङ, अस्मिता गुरुङ, डम्बर बहादुर गुरुङ, बल बहादुर गुरुङ, इन्द्रा गुरुङ,  राधेश्याम भुजेल, मन बहादुर गुरुङ, हिम कुमारी गुरुङ, इन्द्रा राई, कुमारी गुरुङ, राजलक्ष्मी राई, सुक कुमारी गुरुङ, सीता नेपाली, लीलमान थापा, यमबहादुर गुरुङ र विनोद गुरुङ छन्। 

पक्राउ गरिएकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कास्कीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। ​

डडेल्धुरामा जुवा खेलिरहेका २ जना पक्राउ

त्यस्तै डडेल्धुरा सदरमुकाममा जुवा खेलिरहेका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३९ वर्षीय खगेन्द्रबहादुर रोकाया र कैलालीको टीकपुर नगरपालिका–२ का ३३ वर्षीय पहलमान ठकुल्ला रहेका छन्। 

उनीहरुको साथबाट नगद ३७ हजार ६ सय २० बरामद गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। साथै उनीहरुको साथबाट ११ गड्डी तास र दुई तन्ना पनि बरामद गरिएको छ।

बिहीबार ४ बजेतिर सदरमुकामको बागबजारमा रहेको एक घरमा जुवा भइरेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरु समातिएका हुन्। 

जुवाको खालबाट अन्य फरार भएको र उनीहरुको खोजी कार्यभइरहेको डिएसपी न्यौपानेले बताए। पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.