|

बर्दिया : जिल्लामा बिहीबार ८ जना कोरोना संक्रमित थपिएका छन्। भेरी अस्पताल नेपालगन्जमा गरिएको बाँसगढीका ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन्। 

बर्दियाको एक बैंकमा काम गर्ने एक जना महिला र सुर्खेत घर भएका ३ जना बैंकका कर्मचारीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले बताए। 

अस्पतालले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरण अनुसार बाँसगढी नगरपालिका–५ का ३, वडा नम्बर ८ का २ र वीरेन्द्रनगर सुर्खेत घर भएका ३ जनामा कोरोना पुष्टि गरेको हो । 

योसँगै बर्दियामा कुल संक्रमितको संख्या २ सय ७७ पुगेको छ । तीमध्ये २ सय ३८ जना निको भएर घर फर्किसकेका छन्। आजै बर्दियाको गेरुवाका २ जना र ठाकुरबाबाका ४ जना गरी थप ६ जनाले कोरोना जितेर घर फर्किएका छन्। सक्रिय संक्रमित ३१ जना विभिन्न आइसोलेसनमा छन्।

बर्दियामा अहिलेसम्म पिसिआर विधिबाट ७ हजार १ सय २१ जनाको कोरोना परीक्षण गरिएको छ । 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.