बाराका दुवैजनामा विभिन्‍न रोग पनि थियो

|

पर्सा : पर्सामा दुईजना बिरामीको ज्यान गएपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ। ऊनीहरु दुवैजनाको बिहीबार बिहान मृत्यु भएको हो। मृतक दुवै बाराका हुन्।

योसहित बारामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृतकहरु एकजना बाराको प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय पुरुष र अर्का जितपुर-सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुष रहेको नारायणी अस्पतालले जनाएको छ ।

मृतकहरुमध्ये ६५ वर्षीय पुरुषलाई आजै नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनको बिहान साढे ८ बजेतिर मृत्यु भएको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए।

अर्का संक्रमितलाई बुधबार भर्ना गरिएको थियो। उनको पनि बिहान करिब ९ बजेतिर मृत्यु भएको उनले बताए।  मृतक दुवैजनामा दम, मुटु र मधुमेह रहेको अस्पतालले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.