|

काठमाडौं :  जुगल गाउँपालिका २ लिदीमा गएकाृ पहिरोको उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन्। माथिबाट निरन्तर पहिरो गएकाले उद्धारमा समस्या भएको उनले बताए।

'पहिरोले लामाटोलमा १३ घर पुरिएको छ। सो मध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहीन भएका छन्', उनले भने, 'सम्पर्कविहीन मध्ये १३ जना एकिन भएको छ। १५ जना घाइतेहरु लप्सेचौरमा निस्किएका छन्। '

पहिरोबाट थप ३० घर प्रभावित भएको उनले बताए। 'पहिरो माथिबाट पनि झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्धारमा कठिनाइ भइरहेको छ। उद्धारका लागि प्राविधिक टीम सहित हेलिकोप्टरमा त्यस तर्फ जाँदैछौं', उनले भने।

उद्धारको लागि प्रहरी टोली जाँदै गरेको भएपनि अहिलेसम्म पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्ले जानकारी दिए। अब करिब १ घण्टामा प्रहरी टोली घटनास्थल पुग्न उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.