|

काठमाडौं : सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ। 

अस्ति घटेर हिजादेखि बढ्न सुरु भएको सुनको मूल्य आज तोलाको ९८ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य पनि आज बढेको छ। ६५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १३ सय ५५ पुगेको छ। कोरोना भाइरसको महामारीका कारण सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। मूल्य लगातार बढेपछि कारोबार भने ठप्प जस्तै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.