|
प्रतीकात्मक तस्बिर

सल्यान : वनगाड कुपिण्डे नगरपालिका–१२ का ६६ वर्षीय इन्द्रे कामी ज्यानमा मारेको आरोपमा २२ वर्षपछि पक्राउ परे। २०५५ कात्तिक ५ मा निगालचुलाका २२ वर्षीय मनबहादुर कामीलाई बञ्चरो प्रहार गरी फरार रहेका थिए।

उनीलाई २२ वर्षपछि साउन २५ मा सुर्खेतको गुर्भाकोट नगरपालिका–१ बाट प्रहरीले पक्राउ ग¥यो। अहिले उनी कारागारमा कैद भुक्तान गरिरहेका छन्।

यस्तै, कुमाख गाउँपालिका–६ बडागाउँका ३९ वर्षीय प्रेमबहादुर वलीलाई पनि साउन २२ मा घरबाटै प्रहरीले पक्राउ ग¥यो। एक दशकअघि जबरजस्ती करणी गरी फरार रहेका वलीलाई पाँच वर्ष कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

कर्तव्य ज्यानका फरार अभियुक्त शारदा नगरपालिका–४ का शेरबहादुर बस्नेत साउन ११ मा पक्राउ परे। अदालतले १ वर्ष ६ महिना कैद तोकेको पाँच वर्षपछि उनी पक्राउ परेका हुन्।

सल्यान प्रहरीले कर्तव्य ज्यान, जबरजस्ती करणीलगायत मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेका ती केही प्रतिनिधि घटना हुन्। प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानअन्र्तगत विशेष सक्रियता बढाएपछि विभिन्न घटनामा संलग्न भई फरार रहेका अपराधीहरु धमाधम पक्राउ परिरहेका छन्। 

अभियाननै सञ्चालन गरी साउन महिनामा मात्र जिल्लामा १०३ जना फरार अभियुक्त पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी उमाकान्त जोशीले बताए। लकडाउनको अवधिलाई सदुपयोग गर्दै फरार अभियुक्त खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ।

लामो समयदेखी फरार सूचीमा रहेका व्यक्तिहरु पछिल्लो समय धमाधम पक्राउ गर्न थालिएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उनले भने, ‘जिल्ला अदालत सल्यान र प्रहरीको समन्वयमा अदालतबाट फैसला भई फरार रहेका व्यक्तिहरुलाई पक्राउ गर्दै आइरहेका छौं।’ 

अदालतबाट कैद र जरिवान तोकिएका अभियुक्तमध्ये साउनमा जरिवानाका तोकिएका ७२, कैद मात्र तोकिएका १४ र जरिवाना तथा कैद सजाय तोकिएका १७ जना फक्राउ गरिएको प्रमुख खतिवडाले जानकारी दिए। ३५५ फरार प्रतिवादी रहेकामा ३० जनाको मृत्यु, नाम थर फरक परेको ६५, भारतमा ५३, तेस्रो मुलुकमा १४, बेपत्ता ९, बसाइँ सरी अन्य जिल्ला रहेका ५६ र अन्य २५ जना रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.