|

काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। दुई जना नर्स, एक चिकित्सक र एटेन्डेन्स लाई कोरोना पुष्टि भएको त्रिवि शिक्षण अस्पतालका कोरोना संयोजक डा सन्त कुमार दासले थाहाखबरलाई जानकारी दिए।

 त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। इमर्जेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालले जनाएको छ।

उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ।  उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् भने  संक्रमित स्वास्थ्यकर्मीहरु हाल अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

हाल त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी विभाग बन्द छ। बुधबार ६ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि इमर्जेन्सी विभाग सिल गरिएको थियो। अस्पतालको इमर्जेन्सी विभाग बन्द रहे पनि ओपिडी र ओटी सेवा भने सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.