|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय देखिएको विवाद मिलाउन भन्दै महासचिव विष्णुप्रसाद पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको छ।

बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्तापछि पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको हो। उक्त कार्यदलमा अध्यक्ष ओली, दाहाल र वरिष्ठ नेता नेपाल समूहका नेता समेटिएका छन्। ​

कार्यदलको संयोजकको जिम्मेवारी पाएपछि महासचिव पौडेलले थाहाखबरसँग कुरा गर्दै सकेसम्म चाँडो अहिलेको विवाद समाधान गर्ने गरी काम गर्ने जानकारी दिए।

'कार्यदललाई निश्‍चित समयावधि दिइएको छैन, हामी चाँडो भन्दा चाँडो अहिलेको विवाद निरुपणका लागि काम गर्छौं', उनले भने, 'विवाद समाधानका सबै उपाय र विकल्पमा हामी छलफल थाल्छौं, पार्टीलाई नयाँ गतिमा अघि बढाउने गरी अहिलेको विवाद सुल्झाउने दिशामा हामी अघि बढ्छौं।'

नेकपामा देखिएको विवाद समाधानका लागि पछिल्लो समय महासचिव पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेता जनार्दन शर्मासहित सक्रिय भएका थिए। विवाद समाधानको दिशामा गएको संकेत प्रधानमन्त्री ओलीले बुधबारै गरेका थिए। उनले अहिलेको विवाद अबको पाँच दिनमा समाधानको दिशामा जाने बताएका थिए। ​


सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.