|

सिन्धुली : आज एकै दिन सिन्धुलीका १३ जनामा कोरोना पुष्टि भएको छ।

जिल्लामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएका १ सय ८८ जनामध्ये १३ जनामा संक्रमण पुष्टि भएको हो।

विदेशबाट आएर भूसंरक्षणको कार्यालयमा रहेको क्वारेन्टाइनमा रहेका ७ जना, कमलामाई नगरपालिका-७ का एक जना, पर्यावरण गण रानीवासका-२ जना सैनिक, एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी र कन्ट्याक्ट ट्रेसिङमा परेर क्वारेन्टाइनमा रहेका ३ जनामा कोरोना पुष्टि भएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिए।

सिन्धुलीमा एकै दिन १३ जनामा कोरोना देखिएपछि जिल्ला अस्पतालमा बेड अभाव हुन थालेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.