कोभिड-१९ {अपडेट}

त्रिवि शिक्षण अस्पतालका थप ८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

साउन ३०, २०७७

    काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा थप ४ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका कोभिड-१९ का संयोजक सन्त कुमार दासका अनुसार अस्पतालका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो।

    बुधबार बिहानै ४ जना स्वास्थ्यकर्मी कोरोना पुष्टि भएको थियो। अस्पतालमा बिहान र दिउँसो गरेर ८ जनामा कोरोना पुष्टि भएको हो। त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो। योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २६ पुगेको छ।

    इमर्जेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको अस्पतालले जनाएको छ। उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने बताइएको छ।

    उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन् भने  संक्रमित स्वास्थ्यकर्मीहरु हाल अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

    हाल त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी विभाग बन्द छ। बुधबार ६ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि इमर्जेन्सी विभाग सिल गरिएको थियो। अस्पतालको इमर्जेन्सी विभाग बन्द रहे पनि ओपिडी र ओटी सेवा भने सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]