आफ्ना कार्यकर्ताविरुद्ध लगाइएकाे मुद्दा फिर्ताकाे माग

|

जनकपुुरधाम : कोरोनाले आक्रान्त धनुषाको महेन्द्रनगरमा निषेधाज्ञा जारी गरेका बेला नेपाली कांग्रेसले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेको छ। घरमा आगो लगाएर गाई मारेको अभियोगमा आफ्ना दुई कार्यकर्तामाथि मुद्दा दर्ता गरेको भन्दै कांग्रेसले महेन्द्रनगर बजारमा प्रदर्शन गरेको हो।

कांग्रेस नगर सभापति तथा क्षिरेश्वरनाथ नगरपालिका १ का वडाध्यक्ष सुरेश यादवको नेतृत्वमा जुलुस प्रदर्शन गरिएको छ। महेन्द्रनगर बजारको विभिन्न भागमा परिक्रमापश्चात् इलाका प्रहरी कार्यालय अगाडि पुगेर कांग्रेसका नेता तथा कार्यकर्ताले प्रशासनविरुद्ध नाराबाजी गरेका हुन्। 

उनीहरुले ‘झुठा मुद्दा दर्ता गर्ने प्रहरी मुर्दावाद’ जस्ता नारा लगाएका थिए। साउन २४ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ महेन्द्रनगरस्थित नेकपा नेतृ पल्टीदेवी यादवको घरमा आगलागी हुँदा गाई, बाछा र बाछी जलेर मरेका थिए। पीडित नेतृ यादवले लालबाबु यादव र देवु यादवले आगो लगाएर गाई मारेको अभियोगमा प्रहरीमा मुद्दा दर्ता गराएकी छन्। उनीहरु दुवै कांग्रेस कार्यकर्ता हुन्।

बिहीबार प्रहरीमा मुदा दर्ता भएपछि कांग्रेसका नेताहरु आक्रोशित बनेका छन्। कांग्रेस नगर सभापति यादवले आफ्ना दुई कार्यकर्तामाथि नेकपा नेता तथा पूर्वमन्त्री समेत रहेका रघुवीर महासेठले प्रहरीलाई दबाब दिएर मुद्दा दर्ता गर्न लगाएको आरोप लगाएका छन्।

उनले घटनामा राजनीतीकरण भएको भन्दै झुठा मुद्दा प्रशासनले फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए। मुद्दा दर्ता भएपछि प्रहरीले सुरेश यादवलाई बिहीबारै  पक्राउ गरिसकेको छ। पक्राउ नपरेका देवु यादवको पनि प्रहरीले खोजी गरिरहेका छन्। गाई हत्यासम्बन्धी मुद्दा दर्ता भइसकेकाले फिर्ता नहुने धनुषाका एक प्रहरी अधिकारीले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.