|

लमजुङ : सुन्दरबजार नगरपालिकाका ५ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ। वडा नम्बर ७ का ३२ वर्षीय एक पुरुषलाई कोरोना पुष्टि भए पछि संक्रमण फैलन सक्ने भएकोले निषेधाज्ञा गरिएको हो। 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार सुन्दर वजार नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ का सम्पूर्ण क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए। 

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएका वडामा औषधि उपचार, खाद्य वस्तु खरिद, आफ्नै खेतबारीमा कृषिजन्य कार्य गर्नेजस्ता आवश्यक कामबाहेक निस्कन रोक लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.