संयुक्त राष्ट्रसंघसहित विश्‍व जगतलाई पठाइने

|

काठमाडौं : भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर प्रकाशित गरिएको नेपालको नयाँ नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको नक्सा शुक्रबार स्वीकृत गरेकी हुन्। 

विगतमा विभिन्‍न कारणले छुटाइएको लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको भूभाग समेटेर नेपालले गत वैशाख ७ गते नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा प्रकाशन गरी राजपत्रमा समेत प्रकाशित गरेको थियो।

त्यही नक्साको अंग्रेजी संस्करणको नक्सा नापी विभागले प्रकाशन गरेको हो। अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरू, समग्र अन्तराष्ट्रिय जगतमा पठाउन बाटो खुलेको मन्त्री अर्यालले बताइन्।

अंग्रेजी संस्करणको नक्सा संयुक्त राष्ट्र संघ, विभिन्‍न कुटनीतिक नियोग, समग्र अन्तराष्ट्रिय समुदायमा पठाउन बाटो खुलेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले भने, ‘आज नक्सा स्वीकृत भएको छ। यो नक्सा अब परराष्ट्र मन्त्रालयमार्फत अन्तर्राष्ट्रिय निकायमा पठाइने छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.