कोभिडको उपचारमा २० प्रतिशत बेड छुट्याउन निर्देशन

|

काठमाडौं : घनाबस्ती भएका जिल्लाहरुमा कोभिड-१९ को संक्रमण बढ्दै जाँदा कोभिड उपचार केन्द्रमा बेडको अभाव हुँदै गएको छ। सरकारले यस्तो अवस्थामा जुन अस्पतालमा कोरोना पुष्टी हुन्छ त्यहीँ संक्रमितको उपचार गर्न आग्रह गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले निजी अस्पताललाई कोभिड संक्रमितको उपचारका लागि २० प्रतिशत बेड छुट्याउन पनि आग्रह गरेका छन्। 

अस्पतालमा उपचारका क्रममा बिरामीमा कोरोना पुष्टि भए त्यही अस्पतालमा उपचार गर्न स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्‍वर गौतमले आग्रह गरे।

कोभिड उपचार केन्द्रमा बेड अभाव हुँदै गएकोले कोभिड अस्पतालमा संयोजन गरी उपचाररत अस्पतालमै विरामीलाई राख्‍न उनले आग्रह गरेका छन्।

कोभिड उपचार केन्द्रमा संक्रमितलाई पठाउँदा हब अस्पतालसँग समन्वय गरेर स्वास्थ्य मन्त्रालयको निर्देशन लिएर मात्रै काम गर्न पनि गौतमले भनेका छन्। 

पछिल्लो २४ घण्टामा २४ घन्टामा देशभर ५ सय ९४ जनामा कोरोना संक्रमण पाइएको छ। देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार २ सय ४० जना डिस्चार्ज भएका छन्। देशभर शुक्रबार ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमले बताएका हुन्।

यसैगरी,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय १९ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना थपिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.