|

कपिलवस्तु : प्रदेश राजधानी बुटवल र भैरहवामा १४ जना कोरोना संक्रमित थप भएका छन्। बुटवल नगरपालिकामा स्थायी बसोबास गर्ने ७ जना र भैरहवामा ७ जनामा कोरोना भएको पुष्टि भएको छ। 

बुटवल उपमहानगरपालिका ११ देवीनगर मा ५ जना, वडा नम्बर १६ मा १ जना र नगरपालिकाका एक कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले बताए। ​नगरपालिकाभर ४२ जना उपचारका लागि आइसोलेसनमा छन्। ३२ जना भने समुदायमा फैलिएको कोरोनाबाट संक्रमित भएका हुन्।  

सिद्धार्थनगर नगरपालिकामा–४ मा ४ जना, वडा नंं १२ मा ३ जनामा संक्रमण देखिएको छ। ११ जनाले निजी ल्याबमा जाँच गराउँदा कोरोना देखिएको थियो । रुपन्देहीमा ४ सय २० जनामा कोरोना देखिइसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.