|

भारतमा कोरोना महामारीको अवस्थाबारे दैनिक ब्रिफिङ गर्ने सरकारी अधिकारीलाई नै संक्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालमा कोरोना संक्रमण पुष्टि भएको हो। उनले नै भारतमा कोरोनाको अवस्थाबारे दैनिक ब्रिफिङ गर्ने गर्थे। 

संक्रमणबाट अत्यधिक प्रभावित भारतीय राज्य र इलाकाहरूमा महामारी नियन्त्रण गर्ने केन्द्र सरकारको प्रयासमा उनी पनि प्रत्यक्ष संलग्न थिए। 

ट्वीटमार्फत उनले आफूमा कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.