|

इलाम : वन मुद्दामा अदालतबाट दोषी ठहर भएको २१ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। माई नगरपालिका–४ का ४१ दीपक दर्जीलाई जिल्ला प्रहरी कार्यालयट इलामको टोलीले उनलाई पक्राउ गरेको हो।

२०५६ असार ९ मा जिल्ला अदालतले एक वर्ष कैद तोके पनि उनी फरार थिए। दर्जीलाई माई नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

पक्राउ परेका दर्जीलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.