|

पर्सा : वीरगञ्जस्थित कोभिड अस्पताल गण्डकमा उपचार गराइरहेका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। कोरोना भाइरसबाट संक्रमित वीरगञ्ज मुर्लीका ६० वर्षीय पुरुष एक साताअघि कोभिड अस्पतालमा भर्ना भएका थिए।

ती पुरुष साउन २४ मा कोभिड अस्पतालमा भर्ना भएका थिए। उनको शुक्रबार साँझ मृत्यु भएको नारायणी अस्पताल वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिए। ती पुरुष उच्च रक्तचाप, मधुमेह र प्यारालाइसिस रोगबाट पीडित थिए। 

पर्सामा योसहित कोरोनाको कारण मृत्यु हुनेको संख्या २० पुगेको छ। प्रदेश २ भरीमा भने कुल संख्या ४० पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. विजयकुमार झाले जानकारी दिए।

३६ जना डिस्चार्ज

शुक्रबार अबेर पर्सामा कोरोना जितेर एकै दिन ३६ जना डिस्चार्ज छन्। योसँगै पर्सामा डिस्चार्ज हुनेको संख्या तीन हजार ५४८ जना पुगेको छ।

डिस्चार्ज हुनेहरुमा अस्थायी कोभिड अस्पताल गण्डकबाट आठजना पुरुष र अर्को अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरबाट पाँच महिलासहित २८ जना गरी कुल ३६ जना रहेको डा. सिंहले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.