|

सर्लाही : लालबन्दीबाट गत सोमबार हेटौंडा पठाइएको १ सय २३ जनाको थ्रोट स्वाबमध्ये १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। शनिबार अपराह्न प्राप्त रिपोर्टअनुसार ११ नयाँ संक्रमित थपिएका र आइसोलेसनमा बसिरहेका एक जनाको तेस्रो पटकको रिपोर्ट पोजेटिभ आएको हो। 

संक्रमितहरु सामाजिक अभियन्ता, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, स्वास्थ्यकर्मी, नगरपालिकाका सुरक्षागार्डलगायत रहेका छन्।  यस्तै जनकपुर पठाइएको ६३ स्वाबमध्ये ५३ जनाको रिपोर्ट आउँदा ३ जनामा संक्रमण पाइएको छ। हालसम्म लालबन्दी नगरपालिकामा १९ जनामा कोरोना संक्रमण देखिएको नगरपालिकाले जनाएको छ। 

स्वास्थ्य मन्त्रालयले शनिबार गरेको मिडिया ब्रिफिङमा टेकुको ल्याबमा परीक्षण गर्दा सर्लाहीमा ४० जना संक्रमित भेटिएको उल्लेख गरे पनि ती कहाँका हुन् खुलाइएको छैन।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.