|

पर्सा : कोरोना संक्रमित भई वीरगन्जको अस्थायी कोभिड अस्पतालमा उपचार गराई रहेका मिर्गौला फेल भएका बिरामी कोरोना जितेर डिस्चार्ज भएका छन्। 

डिस्चार्ज हुनेहरूमा बाराको सिमरा घर भएकी ३० वर्षीया सपना श्रेष्ठ, बाराको निजगढ घर भएका ५६ वर्षीय नर बाहादुर विक, पर्साको पोखरिया घर भएकी ६५  वर्षीया कोशीला देवी र वीरगन्ज-१० घडीअर्वाकी तारा शर्मा रहेको कोभिड अस्पताल गण्डकका इन्चार्ज डा. निरज कुमार सिंहले बताए। 

उनीहरुको पछिल्लो स्वाव संकलनको रिपोर्ट नेगेटिभ आएपछि आइतबार अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरबाट डिस्चार्ज गरिएको उनको भनाई छ।  १४ दिनको आस्पताल बसाइमा ४ पटक साढे ३ घन्टाको डायलाइसिस पनि सफलता पूर्वक  गरिएको डा. सिंहले बताए।

दीर्घकालिन मृगौलका बिरामीहरूलाई धेरै कमजोर इम्म्युन शक्तिका बिरामी मानिन्छ उनले तर्क गरे। यस्तो हाइरिस्क ग्रुपमा भएका बिरामीको सफल उपचारले स्वास्थ्यकर्मीहरूको भने मनोबल उच्च भएको नरायणी अस्पतालको डायालासिस इन्चार्ज समेत रहेका डा. सिंहले बताए। 

उनैको नेतृत्वमा स्टाफ अनिल कुमार झा, र बिएचसीका अनिल वरैइले सफलतापूर्वक यो चुनौतीक सामना गरेको नारायणी अस्पतालले जनाएको छ। चारजना मृगौलाका बिरामीलाई कोरोनामुक्त बनाएको सम्भवत: देशकै पहिलो भएको चिकित्सकहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.